२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

प्रसूती गराउँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिलाको मृत्यु



दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ मज्गैं निवासी २९ वर्षीया मिरा भुसालको शल्यक्रिया गरी बच्चा निकालिएको भए पनि उनको भने मृत्यु भएको छ ।

उच्च रक्त चापका कारण ती महिलाको मृत्यु भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भुसाल जेठ १४ गते प्रसूती सेवाका लागि प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।

शल्यक्रिया गरी बच्चा जन्मेपछि शुक्रबार उनको मृत्यु भएको भन्ने खबर प्रतिष्ठानले दिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ४ : ३४ बजे