२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

दाङका एक युवकको हत्या



दाङ ।
दाङको तुलसीपुरमा एक युवकको हत्या गरिएको छ । तुलसीपुर उपमहानगरपालिका-९ मैनानगर निबासी २७ वर्षका मन्दिप भुजको गएराति हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एवम् इन्स्पेटर चक्र डमरपालले बताए ।

तुलसीपुरको अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभूत विद्यालयको भवन पछाडि भुज शनिवार बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रवक्ता डमरपालको नेतृत्वमा घटना स्थल पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको छ । यसैबीच भुजको हत्यामा संम्लग्‍न हुन सक्ने भन्दै ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको ईप्रकाका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ४ : ४७ बजे