३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

बाणगंगा नगरपालिकामा शुरु भयो नियमित खोप सेवा



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु बाणगंगा नगरपालिकामा शनिबारबाट नियमित खोप सेवा अभियान शुरु भएको छ । नगरको पिपरा अस्पतालसहित ६ वटा हेल्थ पोष्टमा एकसाथ खोप अभियान शुरु भएको नगरपालिकाले जनाएको छ ।

कोरोनाको कारण स्थगित भएको खोप अभियान शनिबारबाट अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्दै सुरु गरिएको नगरका स्बास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । अभियान जेठ २१ गतेसम्म सुरु हुने छ ।

पौडेलले आ–आफ्नो वडाका महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्पर्क गरी पिपरा अस्पत्ताल लगायतका स्वास्थ्य संस्थामा गई खोप लिन सम्बन्धित सबैलाई गर्नुरोध गनुृभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ७ : १४ बजे