२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

गुल्मीमा क्वारेन्टाइनमा बसेका एक पुरुषले आत्महत्या गरे



गुल्मी ।
क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताउनुभयो ।

भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर आत्माहत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताउनुभयो ।

खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डीएको अवस्थामा फेला परेको न्यौपानेले बताउनुभयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  १० : ३५ बजे