१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाँकेमा कोरोना जित्ने एक बर्षीय बालकसहित २८ जना



बाँके ।
बाँकेका एक सय ६१ जना, दाङ र बाँकेका विभिन्न आइसोलेशनमा उपचार गराइरहेका छन । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जना कोरोना संक्रमित दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

बाँकेमा ११ वटा आइसोलेशन अस्पताल तयार भएका छन् । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन र कृषि तालिम केन्द्रमा आइसोलेशन बनाइएको छ। नेपालगन्जको लायन्स डेन्टल अस्पताललाई आइसोलेशन बनाइएको छ । यहाँ २३ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेका छन् ।

कोहलपुर नगरपालिका–९, पिपरीस्थित कृषि विकास बैंक तालिम केन्द्रलाई पनि आइसोलेशन अस्पताल बनाइएको छ । त्यहाँ ४१ जना उपचाररत छन् कृषि तालिम केन्द्र, खजुराको आइसोलेशनमा ३९ जना छन् ।

श्रेष्ठकाअनुसार, राप्तीसोनारीको आइसोलेशनमा ११ जना, डुडुवा गाउँपालिकाको आइसोलेशनमा १८ जना, बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा सात जना कोरोना संक्रमित रहेका छन् । उनले क्यान्सर अस्पतालको विशेष कोरोना अस्पतालमा उपचाररत २६ जना निको भएर घर फर्किएका छन् ।

कोरोनालाई जितेर बेलझुण्डी आइसोलेशनबाट तीन जना गरि २९ जना घर फर्किका छन् । यी मध्ये एक जना बर्दियाका भएको श्रेष्ठले बताए । उनले बाँकेका विभिन्न अस्पताल, विद्यालय र तालिम केन्द्रमा तीन सय ३६ वटा आइसोलेशन बेड भएको बताए । यहाँ कोरोना संक्रमितका लागि ५३ वटामात्र आइसियू वेड र २१ वटा भेन्टीलेटर भएको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ५ : १५ बजे