७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पाल्पामा पहिलो पटक तीन जना कोरोना संक्रमित देखिए



पाल्पा ।
पाल्पामा पहिलोपटक तीन जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका तीन जना पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका १९ वर्षीय र अन्य दुई जना रैनादेवी छहरा गाउँपालिकाका ३८ वर्षीय र ४० वर्षीय पुरुष छन् ।

तीनै जना संक्रमित केही दिन पहिले भारत बाट आएका थिए । उनीहरुको तानसेनको होल्डिङ्ग क्वारेन्टाइनमा स्वाब संकलन गरिएको थियो । हाल उनीहरु गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका छन् । साथै उनीहरुको कन्ट्रयाक ट्रेसिङ्गबाट अन्य व्यक्तिको खोजी सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

संक्रमितलाई तानसेनको बृद्ध आश्रमा निर्माण गरिएको आइसोलेसनम ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ८ : २७ बजे