कपिलवस्तु ।
नेकपा एमाले कपिलवस्तुले विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानलाई पार्टीबाट कारवाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । दुबै जना गत भदौ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि एमालेले उनीहरूमाथि कारवाही प्रक्रिया अघि बढाएको हो ।
एमाले जिल्ला कमिटीको बैठकले दुबै जनप्रतिनिधिलाई पार्टीबाट कारवाही गर्नुका साथै जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले बैठकको निर्णयबारे जानकारी दिँदै दुबै जनप्रतिनिधिमाथि कारवाहीका लागि पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय भएको बताए ।
उनका अनुसार भदौ ५ गते दुबै जना रास्वपामा प्रवेश गरेपछि पार्टीले त्यस विषयलाई लिएर आवश्यक प्रक्रिया अघि बढाएको हो । बैठकको निर्णय अनुसार पार्टी केन्द्रमा कारवाहीका लागि सिफारिस गरिएको अध्यक्ष खनालले बताए ।
चौधरी र मुसलमान दुबै जना एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनीहरू रास्वपामा प्रवेश गरेपछि एमालेले पार्टीगत कारवाहीसँगै जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न केन्द्रमा सिफारिस गरेको हो ।









प्रतिक्रिया