४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

चट्याङ लागेर रूपन्देहीमा दुईजनाको मृत्यु



रुपन्देही ।
रुपन्देहीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।

सोमबार चट्याङले लुम्बिनी सांस्कृतिक नगरपालिका २ की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की ५० वर्षीया कमलावती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार दुवै महिला खेतबारीमा कामका लागि गएको बेला चट्याङ लागेर मृत्यु भएको हो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ८ : १० बजे