२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

गुल्मीमा थपियो जेठ ३२ गतेसम्म निषेधाज्ञा



गुल्मी ।
बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा निषेधाज्ञा जारी रहेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलवार निषेधाज्ञा जारी सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गरेको हो ।

नेपाल सरकारको मन्त्रीपरिषदको जेठ १७ गतेको निर्णय अनुसार जेठ ३२ गते मध्यरातसम्म लक डाउनको अबधी कायम रहेको हुँदा उक्त अबधीसम्म निषेधाज्ञा निरन्तर रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । निषेधाज्ञा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जारी गरिएको छ ।

निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी, बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञा अबधीमा नागरिकहरु अत्याबश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उल्लङ्घन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  २ : ३० बजे