२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

प्यूठानका थप २ जनामा कोराना पुष्टि



प्यूठान ।
प्यूठानका थप दुईजनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर परिक्षणमा माण्डवी गाउँपालिका २ मर्कावाङ प्यूठानका २० र २३ बर्षीय दुई जना पुरुषमा कोरोना पुष्टि भएको माण्डवी गाउँपालिका स्वास्थ संयोजक धुर्ब पोखरेलले जानकारी दिए ।

उनीहरु भारतबाट आएर दाङको बंगलाचुली गाउँपालिका वडा नं. ५ झेलनेटा स्थित सुधा माध्यमिक बिध्यालयको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

यो संगै कोरोना संक्रमितको संख्या प्यूठानमा तीन पुगेको छ । मंगलबार स्वर्गद्दारी नगरपालिका ४ का एक ५९ बर्षीय पुरुषमा कोरोना पुष्ठि भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ३ : २८ बजे