दाङ ।
बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको स्वाब परीक्षणबाट बंगलाचुली गाउँपालिका ७ र ६ का दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरु १७ वर्ष र २२ वर्ष उमेरका छन् । उनीहरु सरस्वती मावि जवरकोट र सुधामावि झेलनेटा क्वारेनटाइनमा बसेका छन्।
त्यसैगरी राजपुर गाउँपालिकाका ५ र १ का तीनजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । वडा नं ५ का १९ वर्षीय एक महिला र वडा नं १ का १९ वर्षीय पुरुष र २७ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । उनीहरु तीनैजना राजपुर गाउँपालिकाले सञ्चालन गरेको साधारण मावि सालभौरा क्वारेन्टाइनमा रहेका छन्।
बुधबार कोरोना पुष्टि हुनेमा दुईजना महिला र ३ जना पुरुष रहेका छन । बुधबार देखिएका संक्रमित सबै भारतबाट आएको बुझिएको छ। योसहित दाङमा संक्रमितको संख्या ५६ पुगेको छ ।







प्रतिक्रिया