२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

पश्चिम नवलपरासीमा थपिए ८ कोरोना संक्रमित



परासी ।
पश्चिम नवलपरासीमा कोरोना संक्रमितहरु दैनिक जसो देखा पर्न थालेका छन् । बुधबार मात्र जिल्लामा ८ जना संक्रमित फेला परेका छन् । योसँगै जिल्लामा संक्रमित हुनेको संख्या १५ पुगेको छ । आरटिडी परीक्षणमा पोजिटिभ देखिएका ३९ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

उनीहरुको ५ दिनअघि स्वाब संकलन गरेर पठाइए पनि अहिलेसम्म रिपोर्ट आउन सकेको छैन् । ३ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा सुनवल नगरपालिकामा मात्र अहिलेसम्म संक्रमित देखिएका छैनन् । बाँकी सबै पालिकाहरुमा संक्रमित देखा परेका छन्। संक्रमित देखिएको पालिकाहरुले आइसोलेसन बनाउन बेवास्ता गरेका छन् ।

सुनवल नगरपालिकामा मात्र २५ बेडको आइसोलेसन तयार गरिएको छ । त्यहाँ नगर क्षेत्रमा देखा परेकालाई मात्र राखिने बताइएको छ । रामग्राममा सुरु गरिएको आइसोलेसन अझै तयार हुन सकेको छैन् । आइसोलेसन नहुँदा यसअघि देखिएका संक्रमितलाई बुटवल र भैरहवा पठाइएको थियो । यसअघि देखिएका संक्रमितमध्ये ३ जना उपचारपछि निको भएर घर फर्केका छन् । बाँकी बुटवलमै छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ५ : २७ बजे