१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाणगंगाका सबै वडामा पुग्यो कोरोना, आज थपिएका ६ मध्ये ३ जना वडा नं. १ र २ का



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु वाणगंगाको वडा नं. १ र २ मा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन । विहीबार विहान स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार वडा नं. १ का एक २१ बर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै वडा नं. २ मा ८ बर्षीया बालिका र २६ बर्षीय दुई जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं. १ र २ मा विहीबार संक्रमित भेटिएसंगै नगरका ११ वटै वडामा संक्रमित भेटिएका छन ।

वडा नं. ४ का एक ३४ बर्षीय पुरुषमा कोरोना देखिएको छ भने वडा नं. ७ का ३९ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

विहीबार विहान भेटिएका सबै संक्रमित भारतबाट सिधै क्वारेनटाइनमा आएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ५ जना संक्रमित जनचेतना मावि बनगाईको क्वारेनटाइका हुन भने एक जना ओदारी माविको क्वारेनटाइनमा बस्दै आएका थिए । यस संगै वाणगंगामा कोरोना संक्रमितको संख्या २० पुगेको छ ।

यस्तै विहीबार नै यशोधरा गाउँपालिकाका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ९ : १४ बजे