१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

कोरोनाका कारण पाल्पामा एक जनाको निधन, प्रदेश ५ मा कुल मृतकको संख्या ४ पुग्यो



मायादेवी अनलाइन, चार नम्बर ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार अपराह्न दिएको जानकारी अनुसार पाल्पाका एक पुरुषको कोरोना भाइरसका कारण निधन भएको हो । मृतक पाल्पा जिल्लाका ४५ बर्षीय पुरुष रहेका छन ।

उनी हालै मात्र भारतबाट आएका हुन् । उनको स्वासप्रस्वासमा समस्या देखिए पछि पाल्पाको मिसन अस्पतालमा उपचार गरिएको थियो । तर, उनको जेष्ठ २० गते निधन भएको थियो । उनको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो संगै देशभर कोरोनाले ज्यान गुमाउनेको संख्या १० पुगेको छ । यता प्रदेश ५ मा मात्र ४ जनाले कोरानाका कारण ज्यान गुमाएका छन् । यसभन्दा अगाडी बाँके, गूल्मी र अर्घाखाँचीका गरी तीन पुरुषको कोरोनाकै कारण ज्यान गएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ४ : ४२ बजे