१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

नेपालगञ्जका उद्योगी, व्यवसायी सरकार विरुद्ध नारा लगाउँदै सडकमा उत्रिए



बाँके ।
नेपालगन्जका उद्योगी, व्यावसायीले नेपालगन्जमा प्रदर्शन गरेका छन् । सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै उद्योगी, व्यवसायीले आज नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

२५ जेष्ठभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरि अर्थ मन्त्रालयले कर तिर्ने समय सीमा ७ असारसम्म थप गरे पनि पर्याप्त नभएको भन्दै संघले आज बिहीवार प्ले कार्डसहित उद्योग, पसल, कार्यालय अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न आग्रह गरेको थियो ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उद्योगी, ब्यवसायीले तीन महिनादेखि ब्यापार, व्यावसाय ठप्प भएकोले उक्त समयको कर महशुल मिनाह गर्न माग गरे । प्रदर्शनका क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले ब्यापार, व्यवसाय बन्द भएको समयको कर तथा अन्य शुल्क मिनाह गरि धरासायी भएको ब्यापार, ब्यवसायलाई उठाउन सरकारसँग माग गर्नुभयो । यसअघि संघले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्री यूवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको थियो ।

त्यसपछि उद्योगी, व्यवसायीसँग छलफल गरि आवश्यक रणनीति तय गर्ने निर्णय भएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिनुभयो । संघले नेपाल राष्ट्र बैंकको मौद्रिक तथा वित्तिय नीति मार्पmत बैंक ब्याज मिनाह, सहुलियत तथा छुट सम्बोधन गर्न समेत माग गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ६ : २५ बजे