१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

अर्घाखाँचीको शीतगंगामा पनि देखियो कोरोना



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शीतगंगाका नगरपालिकामा एक जना व्यक्तिमा कोराना पोजिटिभ देखिएको छ । योसँगै अर्घाखाँचीमा कोराना संक्रमितको संख्या ३ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुने १ जना रहेका छन ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीवार गरिएको पीसीआर परिक्षणमा शीतगंगाका नगरपालिकाको ज्योति माबि ठाडामा क्वारेन्टाइनमा रहेका शीतगंगा ६ का ३६ बर्षीय पुरूषमा कोरोना पोजिटिभ देखिएको हो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेको २२ दिन पछि पिसीआर रिपोर्ट पोजेटिभ आएको बताईएको छ । कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य स्थिती सामान्य रहेको जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

उता यसअघि गत जेठ १२ गते सोमवार पाणिनी गाउँपालिका वडा नं. ८ पालीको कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई कोराना पोजिटिभ देखिएको थियो । दुई जना सक्रमितलाई सन्धिखर्कको हटारी नेटा आईसोलेशनमा राखेर उपचार भैरहेको छ ।

यस्तै गत २०७७ जेठ १० गते शनिबार गुजरातबाट बसमा आउँदै गर्दा बाटैमा भारतको लखनउमा भूमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराको चरेपानीका इन्द्र बहादुर गैरे (कृष्ण), वर्ष ३४ को निधन भएको थियो । उनको जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ७ : १३ बजे