१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सेल्फ आइसोलेशन के हो, कसरी बस्ने ?



एजेन्सी ।
सेल्फ आइसोलेशनको अर्थ तपाईंले आफूलाई बाहिरी दुनियाबाट अलग राख्ने भन्ने हुन्छ । सेल्फ आइसोलेशनमा रहँदा हावादार कोठामा बस्नु र अलग वाथरुम प्रयोग गर्न जरुरी हुन्छ ।

यस्ता मानिसले सार्वजनिक यातायातका साधन, ट्याक्सीको प्रयोगबाट बच्न जरुरी छ । हामी यहाँ सेल्फ आइसोलेशन के हो र यसलाई कसरी प्रयोग गर्ने भन्ने उल्लेख गर्दै छौं ।

के हो सेल्फ आइसोलेशन ?

सेल्फ आइसोलेशनको मतलब हो आफूलाई बाँकी विश्व वा व्यक्तिबाट बाहिर राख्नु । पब्लिक हेल्थ इग्ल्याण्डका अनुसार, सेल्फ आइसोलेशनकाका क्रममा तपाईं घरमै बस्नुपर्ने छ । काममा, स्कूल तथा सार्वजनिक क्षेत्र वा स्थानमा जान पाउनुहुने छैन ।

यसका साथै तपाई सार्वजनिक यातायात ट्याक्सीको प्रयोग गर्नुबाट बच्नुपर्ने छ । सेल्फ आइसोलेशनमा रहँदा हावादार कोठामा बस्नु पर्ने छ जसमा एक झ्याल होस् र त्यसलाई खोल्न सकियोस् । साथै अरु मानिसलाई उक्त कक्षमा प्रवेश गर्न दिनु हुँदैन । यी कुरा सामान्य विषयमा आउँछन् ।

जस्तो कि तपाईलाई किरानाका सामान, औषधि र अन्य सामाग्री आवश्यक भएमा अरुको सहयोग माग्नुहोस् । आफैं बजार जाने नगर्नुहोस् । साथी, परिवार या अन्य माध्यमबाट सामान मगाउनुस् र आफ्नो नजिक छोड्न लगाउनुस् ।

पब्लिक हेल्थ बेलायतका अनुसार यस बीचमा तपाईंले कसैसँग भेटघाट गर्न र मगाएको सामान ढोकासम्म छोड्ने व्यवस्था हुनुपर्छ ।

के तपाईं सेल्फ आइसोलेशनमा बस्न जरुरी छ ?
बेलायतमा फ्लू (जसको परिभाषा ३७.८ डिग्री सेल्सियस भन्दा धेरै ज्वरो या लगातार खकारलाई मानिएको छ) जस्तो लक्ष्यण भएका हरेक व्यक्ति कमसेकम सात दिनका लागि घरमा बस्न भनिन्छ ।

यस्ता हरेक व्यक्ति जो कोरोना भाइरस प्रभावित इलाका भएर आउँछन् या जसको सम्पर्क कोरोना भाइसरसँग प्रभावित शहरबाट भएको छ उनीहरुलाई पहिलो १४ दिनका लागि सेल्फ आइसोलेशनमा बस्नका लागि भनिएको छ ।

भाइरसको चपेटमा आएका व्यक्तिसँगको दूरी दुई मिटर–६ फिट) भित्र १५ मिनेट विताउने या फेस टु फेस कन्ट्याकमा आउनुलाई ‘क्लोज कन्ट्याक्ट’ मानिन्छ । र यसलाई गम्भीर जोखिमको श्रेणीमा आउँछ ।

हल्का लक्षणवाला बिरामी घरमा नै सेल्फ आइसोलेशनमा बस्न जरुरी छ । कोविड–१९ बिरामीको कारण ज्वरो, खकार या स्वास्व प्रश्वासमा समस्या आउन सक्छ । यसको लक्षण देखिन औसत पाँच दिनको समय लाग्न सक्छ ।

एकै घरमा धेरै जना भए ?
यदी तपाई सेल्फ आइसोलेशनमा हुनुहुन्छ र घरमा एक मात्र किचेन छ भने किचेनमा नजानुहोस् । किचनमा बसेर अन्य व्यक्तिसँग खाना नखानुहोस् ।

आफ्नो कक्षमा बसेर खानुहोस् । घरको सरसफाइमा विशेष ध्यान दिन भन्नुहोस् । साफसफाइ गर्न प्रयोग गरिने उत्पादनको प्रयोग गर्ने गर्नुहोस् ।

तपाई आफ्नो परिवारका बाँकी सदस्य वा फ्ल्याटमा साथ रहने साथीसँग पूर्ण रुपमा अलग हुन नसक्ने अवस्था बनेको खण्डमा उनीहरुसँगको सम्पर्क एकदमै कम हुने अवस्था बनाउनुहोस् ।

साथ रहेपनि कमसेकम दुई मिटरको दूरी बनाएर राख्नुहोस् । एक्लै सुत्नुहोस् ।

आइसोलेशनमा रहेका व्यक्तिको साथमा रहने व्यक्तिले बारम्बार आफ्नो हात धुनुपर्ने छ । यो प्रक्रिया साबुन र पानीका साथ हरेकपटक कम्तिमा २० सेकेन्डसम्म गर्नु पर्छ ।

आइसोलेशनमा रहेका व्यक्तिको रुमाल लगायतका अन्य सामान अरु व्यक्तिले प्रयोग गर्नु हुँदैन । बाथरुम पनि छुट्टै प्रयोग गर्नुपर्ने छ ।

यदी बाथरुम एकै भएको खण्डमा अन्य सदस्यले बाथरुम प्रयोग गरिसकेपछि आइसोलेशनमा रहेका व्यक्तिले बाथरुमको प्रयोग गर्नुपर्ने छ र प्रयोग गरिसकेपछि राम्रोसँग सफा गर्नुपर्छ ।

सेल्फ आइसोलेशनमा रहने व्यक्तिले प्रयोग गरेर निस्किएको फोहरलाई राम्रोसँग सोही व्यक्तिले प्याकिङ गर्ने र राख्ने गर्नुपर्ने छ । यदी उसको टेस्ट पोजेटिभ आएको खण्डमा उक्त फोहरलाई सही रुपमा व्यवस्थापन गर्नुपर्ने छ । सरकारले तोकेको स्थानमा त्यसको व्यवस्थापन गर्नुपर्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : २७ बजे