१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

विश्व वातावरण दिवसः कैलाश आश्रममा दुई सय फलफुल र सौन्दर्य प्रजातीका विरुवा रोपियो



मायादेवी अनलाइन, चारनम्बर ।
आज विश्व वातावरण दिवस कपिलवस्तुमा विविध कार्यक्रम गरी मनाइएको छ । जुन ५ अर्थात विश्व वातावरण दिवस सरकारी तथा विभिन्न संघसंस्थाले मनाएका छन् । “सुरक्षित जीवनको लागि जैविक विविधता” भन्ने नाराका साथ डिभिजन बन कार्यालय कपिलवस्तुले २ सय वटा विरुवा रोपेर वातावरण दिवस मनाएको हो ।

वाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रम धार्मिक बनमा (गुरुकुल) १ सय फलफुलका विरुवा र १ सय सौन्दर्य प्रजातीका विरुवा गरी २ सय विरुवा रोपिएको डिभिजन बन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो । वातावरण दिवसको सन्दर्भमा उहाँले वातावरण संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउदै अवको समय प्रकृतिलाई दिनुपर्नेमा जोड दिनुभयो ।

सन् १९७२ जुन ५ मा संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (UNEP) को स्थापना भएपछि हरेक वर्ष विश्व वातावरण दिवस मनाइदै आएको छ । कोरोना भाइरसबाट सिर्जित महामारीमा बच्न पनि जैविका विविधता सहितको वातावरण संरक्षणको महत्व अझ बढ्दै गएको विज्ञहरुले बताएका छन् ।

बृक्षारोपण कार्यक्रममा डिभिजन बन प्रमुख ईश्वरी प्रसाद पौडेल, वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, सव डिभिजन कार्यालय पिपराका प्रमुख खिल बहादुर तामाङ, फेकोफन कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराई, फेकोफन प्रदेश सदस्य अमित पौडेल, कैलाश आश्रम धार्मिक बन (गुरुकुल)का अध्यक्ष खुमलाल शर्मा लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  १ : ११ बजे