१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कपिलवस्तुः महाराजगञ्ज र यशोधरामा गरी थप ४४ जनामा कोरोना पुष्टि



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा शुक्रबार थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको दुई पालिकामा कोभिड १९ का संक्रमित थपिएका हुन् ।

जसमा महाराजगञ्ज नगरपालिकामा १५ जना भेटिएका छन जसमा दुई जना महिला रहेका छन ।
नगरपालिकाको वडा नं. ९ का १८ र २० बर्षीय दुई किशोरमा कोरोना संक्रमण देखिएको छ भने वडा नं. १० मा १३ जना संक्रमित भेटिएका छन । उनीहरुको उमेर समूह १६, २१, २२, २४, २६, २७, ३५, ३६, ३७, ३९, ३९, ४६, ४८ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यता यशोधरा गाउँपालिकामा २९ जना संक्रमित थपिएका छन । उनीहरु सबै पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । संक्रमित सबै गाउँपालिकाको वडा नं. ७ का रहेका छन ।

उनीहरुको मध्ये एक जना ८ महिने बालक रहेका छन भने अरु २० बर्षीय तीन, २४ बर्षीय दुई जना, २५ बर्षीय ५ जना, २६ बर्षीय दुई जना, २८ बर्षीय दुई जना, ३० बर्षीय तीन जना, ३८ बर्षीय दुई जना रहेका छन । यस्तै १६, १७, २१, २२, २३, २९, ४०, ४५, ५२ बर्षीय एक एक जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संगै जिल्लामा कूल संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  २ : १० बजे