रोल्पा ।
प्रदेश नम्बर ५ को १२ जिल्लामध्ये रोल्पा अहिलेसम्म कोरोना भइरसको सङ्क्रमणबाट मुक्त छ । रोल्पामा सङ्क्रमण नदेखिए पनि जोखिम उच्च भएकोले सतर्कता भने अपनाइएको छ ।
भारत तथा तेस्रो देशबाट आउनेहरुलाई अनिवार्य क्वरेण्टीनमा राखिएको छ भने अधिकांशको आरडीटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले बताउनुभयो । केसीका अनुसार अहिलेसम्म जिल्लामा २० जनाको आरडीटी पोजेटिभ आएको र दुई सय जनाको पीसीआर परिक्षणका लागि स्वाब सङ्कलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।
भारत तथा तेस्रो देशबाट आउनेको सङ्ख्या पछिल्लो समयमा मात्रै झण्डै एक हजार पुगेकाले पीसीआर रिपोर्ट नआउँदासम्म केही भन्न सक्ने अवस्था नरहेको केसीले बताउनुभयो ।
यसैबीच रोल्पाको सुनिलस्मृति गाउँपालिकामा धेरै जनाको आरडीटी पोजेटिभ देखिएपछि गाउँपालिकाले क्वरेण्टीनमा बसेका सबैको पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गर्न थालेको छ । सङ्कलन गरिएको स्वाब परीक्षणको लागि दाङ पठाउँदा अत्यधिक चापको कारण रिपोर्ट ढिलो आउने भएकोले नेपालगञ्ज पठाउने तयारी भएको छ ।







प्रतिक्रिया