१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

थपिए देशभर २ सय ७८ जना कोरोना संक्रमित, कूल संक्रमित पुगे २ हजार ९ सय १२



मायादेवी अनलाइन, चारनम्बर ।
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको मिडिया व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिनुभएको हो ।

विहीबार अपराह्न भएको मिडिया व्रिफिङमा देशका ६८ जिल्लामा कोरोना संक्रमण देखिएको जानकारी दिइएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यो पुष्टि भएको हो ।

हालसम्म देशभर २ हजार ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुने उनी सुर्खेतका रहेका छन । योसंगै नेपालमा मृतकको संख्या ११ जना पुगेका छन । हालसम्म कोरोना मुक्त हुने देशभर ३ सय ३३ जना पुगेका छन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  ४ : ३३ बजे