१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कपिलवस्तुः बुद्धभूमि ५ र ६ का ४ जनामा कोरोना पुष्टि, कूल संख्या ४७९ पुग्यो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा शनिबार थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार बुद्धभूमि नगरपालिका वडा नं. ५ र वडा नं. ६ का दुई दुई जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा वडा नं. ५ का १९ र २९ बर्षीय उमेर समूहका दुई जना र वडा नं. ६ का २३ र ३६ बर्षीय दुई जना गरी चार जना पुरुष रहेका छन ।

यिनीहरु सबै भारतबाट आएको जनाइएको छ । यो संगै जिल्लामा कोरोना संक्रमित ४ सय ७९ पुगेका छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ८ : ५५ बजे