१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कोरोनाले विश्वभर ३ लाख ९८ हजारको ज्यान लियो



काठमाडौं ।
विश्वभर ३ लाख ९८ हजार जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार ६८ लाख २६ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण देखिएकोमा ३ लाख ९८ हजारको ज्यान गएको हो ।

यस्तै विश्वभर ३३ लाख १२ हजार भन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा १९ लाख ५३ हजार जनामा सङ्क्रमण देखिएकोमा १ लाख ११ हजार ४ सय जनाको ज्यान गएको छ, ७ लाख भन्दा धेरै निको भएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा २९ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ भने १२ सय जनाको ज्यान गएको छ ।

अमेरिकापछि पछिल्लो समय ब्राजिलमा सङ्क्रमण तिव्र गतीमा बढिरहेको छ । ६ लाख ४५ हजार भन्दा धेरैमा सङ्क्रमण भएकोमा ३५ हजार भन्दा धेरैको ज्यान गएको छ । छिमेकी देश भारतमा पछिल्लो २४ घन्टामा ९ हजार ४ सय जनामा सङ्क्रमण देखिएको छ भने २ सय ८६ जनाको ज्यान गएको छ । भारतमा कुल २ लाख ३६ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएकोमा ६ हजार ६ सय भन्दा धेरेको ज्यान गएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ९ : ०५ बजे