बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको शीतगंगामा ट्याक्टरले किच्दा शीतगंगा ४ गोर्थुमका ४२ बर्षीय रामु बिकको ज्यान गएको छ । बालुवा झारेर अमराई जाँदै गरेको लु ३ त ४३७३ नम्बरको ट्याक्टरमा अगाडी बसेर यात्रा गरेका बिकको काँधमा राखेको शर्ट एक्कासी गुडिरहेको ट्याक्टरको ठुलो टायरमा खसेपछि शर्ट पुग्न खोज्दा चिप्लिएर टायरमुनि उनी बेरिन पुगेका थिए ।
चालकले खसेको तुरुन्तै देखेपछि ठाउँको ठाउँ ट्याक्टरको ब्रेक लगाएर रोकेका थिए । दुर्घटना ठाडा बर्बोट नजिकै घुम्टीमा भएको हो ।
टायरमुनि परी घाईते भएका बिकको ठाडा प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार गरी थप उपचारका लागि बुटवल रेफर गरिएको थियो । उपचारको क्रममा गएराति बिकको बुटवल चौराहा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम वस्नेतले जानकारी दिए ।
मृतक बिकको साना साना ३ छोरी २ छोरा रहेका छन् भने श्रीमती घरमा नभएको बताईएको छ । चालक र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया