१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कपिलवस्तुमा कोरोना संक्रमित ५ सय नाघे, थपिए फेरि ३९ जना



मायादेवी अनलाइ, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमित रफ्तारले बढ्दो क्रममा छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिउँसो पौने तीन बजे दिएको जानकारी अनुसार जिल्लाका दुई स्थानीय तहमा गरी ३९ जना संक्रमित थपिएका छन ।

थपिएका संक्रमित महाराजगञ्ज नगरपालिका र यशोधरा गाउँपालिकाका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार महाराजगन्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष रहेका छन भने ६ बर्ष देखि ५५ सम्मका ६ महिला रहेका छन । उनीहरु कुन वडाका हुन कार्यालयले खुलाएको छैन ।

यता यशोधरा गाउँपालिका वडा नं. ७ का एक २५ बर्षीया महिला र सोही वडाका अर्का २५ बर्षीय पुरुष गरी दुई जना संक्रमित थपिएका छन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको नमुना परिक्षणमा उनीहरुमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको हो ।

शनिबार विहान मात्र बुद्धभूमि नगरपालिकाको वडा नं. ५ र ६ मा चार जना र विजयनगर गाउँपालिकाको तीन वडामा गरी ४ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि हुनेहरुमा वडा नं. ५ का १९ र २९ बर्षीय उमेर समूहका दुई जना र वडा नं. ६ का २३ र ३६ बर्षीय दुई जना गरी चार जना पुरुष रहेका थिए ।

स्वास्थ्य कार्यालयका अनुसार गाउँपालिकाको वडा नं. १ मा २५ बर्षीय पुरुष, वडा नं. ५ का २४ बर्षीय पुरुष र वडा नं. ६ का २२, ३२ र ४८ बर्षीय पुरुषमा कोरोना देखिएको हो ।

जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको कोरोनाबाट हालसम्म जिल्लामा ५ सय २३ संक्रमित भेटिएका छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ३ : १६ बजे