२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

भारत बन्यो कोरोना संक्रमित भएको विश्वको पाँचौ मुलुक, स्पेनलाई उछिन्यो



नयाँ दिल्ली ।
शनिबार बिहान कोरोना भाइरस संक्रमित संख्यामा इटालीलाई जित्दै छैठौं स्थानमा पुगेको भारत विश्वको पाँचौ धेरै संक्रमित भएको मुलुक बनेको छ ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझ भारतले संक्रमित संख्यामा स्पेनलाई उछिनेको हो ।

अमेरिकाको जोनस् हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतको कुल संक्रमित संख्या शनिबार साँझ २ लाख ४५ हजार ६ सय ७० पुगेको छ ।

स्पेनमा भने त्यो संख्या २ लाख ४१ हजार ३ सय १० रहेको छ ।

संक्रमित संख्या धेरै भएपनि कोरोनाबाट हुने मृत्युको संख्यामा भने भारत यी मुलुकभन्दा धेरै पछाडी रहेको छ ।

इटालीमा हालसम्म कोरोनाका कारण ३३ हजार ७ सय ७४ जनाको ज्यान गएको छ भने स्पेनमा त्यो संख्या २७ हजार १ सय ३४ रहेको छ ।

भारतमा कोरोनाबाट हालसम्म ६ हजार ६ सय ४२ जनाको ज्यान गएको छ ।

सातादिन अगाडि सम्म भारतको दैनिक कोरोना संक्रमण दर करिब ६५ सय रहेकोमा हाल त्यो १० हजारको करिब पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हिजो शनिबार बिहान ८ बजेसम्म ९ हजार ८ सय ८७ नयाँ संक्रमित फेला परेको र २ सय ९४ जनाको ज्यान गएको जानकारी दिएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  १० : २६ बजे