२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

दाङको कोरोना अस्पतालबाट कोरोना जितेर १० जना घर फर्किए



दाङ।
दाङमा आइतबार कोरोना संक्रमणलाई जितेर १० जना घर फर्किएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमण मुक्त भएर १० जना घर फर्किएका हुन् ।

यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका २ र बर्दियाका १ जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए । उनले सबैलाई आज नै घर पुर्याइने पनि बताए । कोरोना विशेष अस्पतालमा ५५ जना उपचाररत रहेको भएपनि अब ४५ जना रहेका छन् । बाँकी सबैको अवस्था सामान्य रहेको पनि वलीले वताए ।

केही दिन अगाडि ८ जनालाई अस्पतालले विदाई गर्ने भनेको भएपनि कार्यविधि अनुसार नभएकाले रोकेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  १ : ४८ बजे