२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

कपिलवस्तु वाणगंगा-५ का वडाध्यक्ष भुसालले पनि जिते कोरोना



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका कोरोना संक्रमित एक जना वडाध्यक्षले कोरोना जित्नुभएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसालले कोरोना भाइरसलाई पराष्त पार्नुभएको हो ।

बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उपचाररत भुसालको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई आइतबार डिस्चार्ज गरिएको हो ।

जनप्रतिनिधिलाई कोरोना लाग्नेमा जिल्लामा भुसाल मात्र एक्लो हुनुहुन्छ । जिल्लामा आइतबारसम्म ५ सय २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबारनै वडाध्यक्षसहित कपिलवस्तुका १० जनाले कोरोना जितेर घर फर्केका छन । जसमा बुटवलमा उपचाररत ८ जना र दाङमा उपचाररत दुई जना रहेका छन ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ३ : ०० बजे