१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

थपिए बाँके र बर्दियामा १९ जना कोरोना संक्रमित



बाँके ।
बाँके र बर्दियाका गरी थप १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बाँकेका एक जना र बर्दियाका १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । भेरी अस्पतालका अनुसार बाँकेको जानकी गाउँपालिका ४ का २१ वर्षीय युवकमा सङ्क्रमण देखिएको छ ।

यसैगरी बर्दियाको बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना, बासगढी नगरपालिकाका ९ जना गरी १८ जनामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायले यसलाई नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्न भने बाँकी छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  १ : ५४ बजे