२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

प्यूठानमा थपिए ८ जना कोरोना संक्रमित



प्यूठान​ ।
प्यूठानमा सोमबार थप ८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमित हुनेहरु सबै प्यूठान नगरपालिकाका हुन् ।

वडा नम्वर २ का तीन जना र वडा नम्वर ३ का पाँच जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षण अनुसार संक्रमित पुष्टि भएका हुन् ।

संक्रमित हुनेहरुमध्ये एक जना महिला र सात जना पुरुष छन् । प्यूठान नगरपालिका-२ का वडा अध्यक्ष प्रेम हमालका अनुसार सबै संक्रमितहरु केही दिन अघि भारतबाट आएका थिए ।

उनीहरुलाई सरस्वती प्राथमिक विद्यालय सेपुङको क्वारेन्टाइनमा राखिएको छ । दुई वटै वडा जोडिएका भएकाले सवैलाई एउटै विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । योसँगै प्यूठानमा संक्रमित हुनेको संख्या १२ पुगेको छ ।

यसअघि स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिकामा १र१ र माण्डवी गाउँपालिकामा २ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  २ : ३३ बजे