बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा सोमबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३० जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३० जना भारतबाट आएका हुन भने एक जना जनप्रतिनिधि रहेका छन ।
संक्रमित मध्ये सन्धिखर्क नगरपालिकाको वडा नम्बर ७ को आदर्श मावि, चन्द्र प्रभा मावि खाँचिकोट, विध्या बिनायक आधारभुत बिद्यालय नरपानी र भृकुटी आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका २९, ४७, २८, ३२, २४, २९ , ३०, ५०, ३४, २५, २१, २०, २५, २२, १८,३०, ४३, ३५, १८, ४२, २०, ३६, ३७ , ३६, ३६, ४० , ५० बर्षीय पुरूष रहेका छन् ।
यस्तै १८ र २० बर्षीय २ महिलालाई कोरोना पुष्टि भएको हो । यस्तै शीतगंगा नगरपालिकाको वडा नम्बर १० जनजागृती माविको क्वारेन्टाइनमा बसेका १८ बर्षीय एक जना पुरूषलाई पनि कोरोना पुष्टि भएको छ ।
यस्तै पाणिनी अडगुरी शिबमदन माविमा क्वारेन्टाइनमा बसेका २० बर्षीय पुरूषमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकृत बिजय बिकले जानकारी दिए । यससंगै सन्धिखर्क नगरपालिकाका उपप्रमुखलाई पनि कोरोना देखिएको छ ।
यसअघि जिल्लाका शीतगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वारेन्टाइन बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको ८ पालिका कमला माविमा रहेका दुईजनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुको सन्धिखर्कस्थित हटारीको आइसोलेसनमा उपचार भइरहेको छ ।
गत जेठ १० गते भूमिकास्थान नगरपालिका ९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा भारतको लखनउमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि भएको थियो ।
पिसीआर पोजेटिभ देखिएका मृतक गैरेसंगै भारतबाट आएका हुन् । अर्घाखाँचीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भैसकेको छ । कोरोना संक्रमितको संख्या अर्घाखाँचीमा ३६ जना पुगेको छ । भारतबाट आएका अन्यको पिसिआर रिपोर्ट आईसकेको तर सार्वजनिक नभएको बुझिएको छ ।







प्रतिक्रिया