बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको चन्द्र प्रभा मावि क्वारेन्टाइनबाट सोमबार पुष्टि भएका ५ जना कोरोना संक्रमितका बिरामी बोकेर सन्धिखर्क आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
चालक, सहचालकसहित ५ जना कोरोनाका बिरामी बोकेर सन्धिखर्क ल्याउँदै गरेको लु १ च ३५३५ नम्बरको एम्बुलेन्स डिहिडाँडाको ओरालो सडकबाट करिव १५ मिटर तल घरमा गएर ठोक्किएर दुर्घटना भएको जिल्ला शसस्त्र प्रहरी प्रमुख माधव रेग्मीले जानकारी दिए ।
अहिले घटनास्थल तर्फ जिल्ला प्रहरीको टोली, शसस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाले उद्दार गरिरहेको बताईएको छ ।
५ जना कोरोना संक्रमित मध्ये एक जना महिलाको ढाडमा चोट लागेको बताईएको छ । सडक अत्यन्तै चिप्लो भएका कारण एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया