२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

रुपन्देहीका २० जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या पुग्यो १ सय ३९



बुटवल ।
रुपन्देहीमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिकाका १८ र मायादेवी गाउँपालिकाका २ गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कार्यालयका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाका १७ देखि ४५ बर्ष उमेर समूहका १७ जना पुरुष र ३४ वर्षीया १ महिला गरी १८ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी मायादेवी गाउँपालिकाका १२ वर्षका एकजना बालक र ३५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसअघि सोमबार तिलोत्तमा नगरपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। यो संगै रूपन्देहीमा संक्रमितको संख्या १ सय ३९ पुगेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ८ : २३ बजे