२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कपिलवस्तुमा थप ८ जना कोरोना संक्रमित थपिए, कूल संख्या ५ सय ५८ पुग्यो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कोभिड–१९ का थप ८ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५ सय ५८ पुगेको छ ।

जिल्लाको महाराजगंज नगरपालिकामा ७ र बिजयनगरमा एक जना थपिएका हुन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका वडा नं. ३ का बर्ष २० का एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै महाराजगंज नगरपालिका वडा नं. ४ का २४ बर्षीय एक पुरुष, वडा नं. ९ का एक दुई बर्षीय नाबालकसहित १७, १८ बर्षीय दुई पुरुष, र वडा नं. १० का बर्ष १८, १९, ३४ का ३ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ८ : ४४ बजे