२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

बाँकेमा थप २९ जना कोरोना सङ्क्रमित डिस्चार्ज



बाँके ।
बाँकेका थप २९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका सात जनालाई मङ्गलबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको सङ्ख्या ९७ पुगेको छ । उनीहरु सबै भारतबाट आएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण पाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा अहिलेसम्म दुई सय ७९ जनामा कोरोना सङ्क्रमित भेटिएका छन् । एक जना सङ्क्रमितको क्वरेण्टीनमा नै ज्यान गएको छ ।

नेपालभरि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार सात सय ६२ पुगेको छ भने डिस्चार्ज हुनेको सङ्ख्या चार सय ८८ पुगेको छ । अहिलेसम्म कोरोना सङ्क्रमणको कारण १४ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७ मंगलबार ००:००  ३ : ४५ बजे