२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

भारतबाट सुनौली आइपुगेका नवलपरासीका एकजना युवाको मृत्यु



रुपन्देही ।
नवलपरासीका एकजना युवकको भारतबाट घर फर्किदै गर्दा मृत्यु भएको छ । भारतको मुम्बईबाट रुपन्देहीको सीमावर्ती बजार सुनौली आइपुगेका नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा नं २ का अन्दाजी ३२ वर्षका युवाको मृत्यु भएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

उहाले भारतबाट आउँदै गरेका ती युवा रुपन्देहीको सीमा बेलहिया नजिकै आइपुग्दा बेहोस भएर पल्टिएको र त्यहीँ मृत्यु भएको बताउनुभयो । उहाको शव भारतीय भूमिमै रहेको छ ।

उहाको पीसीआर परीक्षण गरेर रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापनको काम अघि बढ्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो ।

उहाका अनुसार भारतमै परीक्षण गरेर रिपोर्ट पोजेटिभ आएमा भने भारतमै शव व्यवस्थापन हुनेछ भने नेगेटिभ आएमा मात्रै नेपाल ल्याएर परिवारको जिम्मा लगाइनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  ६ : १४ बजे