२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

प्यूठानमा थप ४ जनामा कोरोना पुष्टि, सबै भारतबाट आएका



प्यूठान ।
प्यूठानमा बिहिबार थप चार जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। विहीबार थपिएका संक्रमितहरुमा माण्डबी गाउँपालिका ५ का १ जना, झिमरुक गाउँपालिका ४ का १ जना र प्यूठान नगरपालिका २ छन ।

उनीहरु २० देखि ३६ वर्ष उमेर समुहका रहेको सम्वद्ध अधिकारीहरुले जनाएका हुन। भारतबाट आएर उनिहरु आ आफ्नै वडाको स्थानीय क्वारेन्टाईनमा बस्दै आएका थिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर जाँचका क्रममा यी चारजनामा कोरोना संक्रमण पुष्टी भएको हो।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : १५ बजे