२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

रोल्पामा १७ पुगे कोरोना संक्रमित, थपिए एकै दिन १४ जना



रोल्पा ।
रोल्पामा विहीबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन । संक्रमित सुनिलस्मृति गाँउपालिका वडा नम्बर ४ का ७,१६,१८,२२,२४,२६,३० वर्षीय पुरुष र ४४ वर्षीया महिला रहेका छन ।

सोहि गाउँपालिका वडा नम्बर ८ का २३,३२,१९, १८,२१ वर्षीय पुरुष र वडा नम्बर ७ का १७ पुरुष रहेका छन् । स्वास्थ्य शाखाकी प्रमुख सावित्रा थापाका अनुसार उनीहरु जेठ १२ गते १३ भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । यससंगै रोल्पामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

संक्रमित सबै सुनिलस्मृति गाउँपालिकाका रहेका छन् । रोल्पामा पहिलो २५ जेठमा तीनजना पुरुषमा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : १८ बजे