२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

तिनाउमा कार खस्यो, एकजना गम्भीर



बिष्णु कुमार आले, अर्घाखाँची ।
बुटवल सडकखण्डको सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा नजिकै तिनाउँखोलामा शुक्रबार दिउँसो कार दुर्घटना छ । बुटवलबाट पाल्पातर्फ जादै गरेको लु १ ज ४०९३ नम्बरको कालो प्लेटको कार शुक्रबार दिउँसो करिब तीन बजे तिनाउ खोलामा खसेको हो ।

घाइते हुनेमा गुल्मीको मालिका गाउँपालिका ५ छाप हिलेका २५ वर्षीय ओमप्रकास अर्याल रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते अर्याललाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ। कारमा कतिजना सवार थिए भन्ने खुलेको छैन।

खोलामा पानीको वहाव बढेकोले खोजी कार्यमा कठिन भएको प्रनि श्रेष्ठले बताए । दुर्घटनामा अरू पनि हुन सक्ने आशंकामा अहिले खोजी कार्यालाई तीव्र पारिएको छ । घट्नाबारे थप विवरण आउन बाँकी छ । कार सडकबाट करिब १५० मिटर तल खोलामा खसेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ४ : ३५ बजे