५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

क्वारेन्टिनमै जन्मियो शिशु



प्यूठान ।
प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन्।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बसेकी सरस्वतीले गए राति १ क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी गरिने जनाइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  १० : २१ बजे