२१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

उद्योग बाणिज्य संघको निर्णयः ११ देखि २ बजेसम्म मात्र पसल खोल्न पाइने



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु कोरोनाको उच्च जोखिममा रहेको भन्दै कपिलवस्तु उद्योग बाणिज्य संघले नयाँ निर्णय गरेको छ । लक डाउन खुकुलो भएपछि झनै कोरोनाको उच्च जोखिममा रहेकाले नगरमा पुनः लकडाउन कडा बनाउन लागिएको हो ।

उद्योग संघको आइतबार विहान बसेको आकस्मिक वैठकले सो निर्णय गरेको अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

सोमबारदेखि लागु हुने गरी विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्र पसलहरु खोल्ने निर्णय भएको पौडेलले मायादेवीलाई बताउनु भयो । संघले अब सो समयभन्दा अरु समयमा कुनै पनि पसल खोले कारबाही गर्ने जनाएको छ ।

साथै संघले माक्स लगाएर पसलमा आउने ग्राहकलाई मात्र सामान दिन आग्रह गरेको छ । माक्स विना सामान दिएको पाइए कारबाही गर्ने संघले चेतावनी दिएको छ । कोरोनाको जोखिम बढेको भन्दै संघले कुनैपनि सभा, सम्मेलन, विरोध र्याली नगर्न आग्रह गर्दै प्रशासनलाई यस विषयमा थप कडा बनाउन माग गरेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७ आइतबार ००:००  ८ : ५३ बजे