२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

अर्घाखाँचीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि



विष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमण देखिनेमा भूमिकास्थानका २० वर्षीय एक युवक र ३५ वर्षीय दुई पुरुष रहेका छन् । योसंगै जिल्लामा कोरोना संक्रमितको सङख्या ४१ पुगेको छ ।

जिल्लामा कोरानाका कारण २ जनाको मृत्यु भै सकेको छ ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  ११ : ०९ बजे