२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

अर्घाखाँचीमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४ पुग्यो



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा थप २ जना पुरूष र १ जना महिलामा कोरोना पुष्टि भएको छ । योसंगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

भूमिकास्थान नगरपालिकामा २४ र १५ बर्षीय पुरूष र पाणिनी गाँउपालिकाको अर्बोका आवासीय बिद्यालयको क्वारेन्टाइनमा बसेकी १७ बर्षीय एक महिलामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले बताईन् । पाणिनी गाउँ पालिकाको स्वाब नमुना जेठ २४ गते । भूमिकास्थान नगरपालिकाको जेठ २३ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो ।

सोमबार बिहान नगरपालिकाको ६ नम्बर वडाको जनचेतना आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका २ जना र वडा नम्बर ७ को नुवाकोट माबिको क्वारेन्टाइनमा बसेका १ जनामा कोरोना पुष्टि भएको भुमिकास्थान नगरपालिकाका स्वास्थ्य प्रमुख हरि प्रसाद पन्थीले बताए ।

उनी भारतबाट जेठको पहिलो हप्ता नेपाल आएका थिए । स्थानीयतहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि आरडिटी जाँच गर्दा पोजेटिभ आएपछि उनीहरूको पिसिआर परिक्षणका लागि स्वाबको नमुना संकलन गरी भरतपुरको पशुपन्छी कार्यालयमा रहेको कोभिड १९ परिक्षण ल्यावमा पठाईएको थियो ।

सोमबार बिहान भरतपुरबाट आएको पिसिआर रिपोर्टमा ३ जनाको पोजेटिभ र अन्य ११८ जनाको नेगेटिभ रिपोर्ट आएको छ । योसंगै अर्घाखाँचीमा संक्रमितको संख्या ४४ पुगेको हो । संक्रमित पुरूषलाई वडा नम्बर ९ मा रहेको शारदा माविमा आइसोलेसन निर्माण गरि ल्याएर राखिने जनाईएको छ ।

भूमिकास्थान नगरपालिकाको पहिलो लडमा पिसिआरको नमुना संकलन गरि पठाईएको मध्ये १२१ जनाको रिपोर्ट आएको छ । सोमबार बिहान र बेलुका भरतपुर र भैरहवा प्रयोगशालाबाट ३ र ३ जना कोरोना पोजेटिभ आएको छ । सोमबार मात्रै अर्घाखाँचीमा ६ जनाको कोरोना पुष्टि भएको हो जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  ७ : ३८ बजे