बिष्णु कुमार आले, अर्घाखाँची ।
मंगलबार पाल्पामा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा नजिकै हाइलक्स गाडी अपरान्ह सवा चार बजे दुर्घटना भएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पाल्पाको झुम्साबाट बुटवलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२च– ४५२२ नम्बरको हाइलक्स गाडी सिद्धबाबा नजिकै तिनाउ खोलामा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए । घाइतेको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।







प्रतिक्रिया