गुल्मी ।
गुल्मीमा आठमहिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रेसुंगा नगरपालिका–४ मा आठमहिने शिशुमा संक्रमण देखिएको हो । गुल्मीमा यीसहित संक्रमितको संख्या ५८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयप्रमुख भवानीप्रसाद शर्माले बताए । आठमहिने शिशुसँगै उनकी १८ वर्षीय आमाको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको वडाध्यक्ष विजयकुमार मरासिनीले जानकारी दिए । उनका बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रादेशिक जनस्वास्थ्य भैरहवाको प्रयोगशालाबाट बुधबार रेसुंगा नगरपालिकाका ९ र सत्यवतीका एकसहित १० जनाका संक्रमण पुष्टि भएको हो ।
३ असार २०७७ बुधबार ००:००
0
Shares







प्रतिक्रिया