गुल्मी ।
गुल्मीका सबै स्थानीय तहमा कोरोना फैलिएको छ । १२ स्थानीय तहमध्ये कालीगण्डकी गाउँपालिकामा सबैभन्दा पछि कोरोना संक्रमण देखिएको हो । बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कालीगण्डकीका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले दिएको जानकारी अनुसार जिल्लामा संक्रमितको संख्या ५९ पुगेको छ । मंगलबार गुल्मीमा २६ जनामा कोरोना भेटिएको हो ।
जसमा एक वर्षका बालकदेखि ३९ वर्ष उमेरसम्मका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने ३ जना उपचारपछि निको भएका छन् ।







प्रतिक्रिया