२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

दाङमा खैरो हिरोइनसहित दुई जना पक्राउ



दाङ ।
दाङमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रतिवन्धित लागु औषध खैरो हिरोइनसहित तुलसीपुरमा दुई जना पक्राउ परेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी २३ वर्षीय लोकबहादुर थापा र घोराही १५ की २० वर्षीया सरिता परियार पुन पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये थापाको साथबाट १ ग्राम ३ सय ४० मिलिग्राम खैरो हिरोइन र ३३ हजार नगद फेला परेको प्रहरीले बताएको छ ।
थापा नेपाल सरकार प्रतिबादी बबी पुन समेत भएको लागुऔषध ब्राउन सुगर मुद्दामा २०७६ साल भदौ २१ गतेदेखि फरारको सूचिमा रहेका व्यक्ति हुन ।
त्यस्तै थापासँगै पक्राउ परेकी सरिता पुन परियार भने लागु औषध मुद्दामा अनुसन्धानमै रहेका घोराही १५ निवासी शंकर पुनकी पत्नी रहेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार दिउँसो साढे २ बजे तुलसीपुर १८ दूधरासबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए । रा ४ प २८७६ नम्वरको मोटरसाइकलमा घोराहीबाट तुलसीपुर आउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ४ असार २०७७ बिहिबार ००:००  २ : १२ बजे