२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

गुल्मीमा थपिए ४६ जना कोरोना संक्रमित



गुल्मी ।
बिहीबार जिल्लामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए। योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ५ पुगेको छ।

बिहीबार संकमण पुष्टि हुनेमा चन्द्रकोट गाउँपालिकाका १७ जना, छत्रकोटका २४ जना, सत्यवतीका १ जना, रुरुक्षेत्रका १ जना, गुल्मीदरबारका २ जना र रेसुंगा नगरपालिकाका १ जना रहेका छन्। उनीहरुको उमेर समूह पहिचान गर्ने कार्य भइरहेको आचार्यले जानकारी दिए।

संक्रमण देखिएका सबै भारतबाट आएका स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भएका छन्।

प्रकाशित मिति : ४ असार २०७७ बिहिबार ००:००  ८ : २८ बजे