५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कोरोनाको खतरा सुचीबाट हट्यो कपिवलस्तु, स्वाब संकलन भने सुस्तायो



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोनाको राजधानी बनेको कपिलवस्तुमा ढेड महिना मै संक्रमितको संख्या सात सय नाघेको छ । कपिलवस्तुमा आइतबार थप २५ जना कोरोना संक्रमित फेला परेसंगै जिल्लामा संक्रमितको संख्या ७ सय ३ पुगेको हो ।

भेटिएका संक्रमित वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका रहेका छन् । आइतबार वाणगंगा नगरपालिकामा ११ जना र कपिलवस्तु नगरपालिकामा १४ जना थपिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । गत वैशाख २५ गते मायादेवी गाउँपालिकामा पहिलो पटक २ जनामा संक्रमण देखिएको थियो ।

जिल्लाको कुन पालिकामा कति ?

जिल्लाको दुई पालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ । यशोधरा र महाराजगंजमा सय बढी संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको १० वटै पालिकामा कोरोना संक्रमित भेटिएका छन् । सबै भन्दा बढी यशोधरामा १ सय ६८, महाराजगंजमा १ सय २२ संक्रमित भेटिएका छन । मायादेवीमा ७५, शिवराजमा ६९, कृष्णगनरमा ७१, शुद्धोधनमा ३६, कपिलवस्तु नपामा ५२, बुद्धुभूमिमा ३४, बिजयनगरमा ३१ र बाणगंगामा ४५ संक्रमित भेटिएका छन ।

खतराको सुचीबाट हटेया कपिवलस्तु, १ सय ७० जना मात्र एक्टिभ केस

कपिलवस्तु कोरोना संक्रमितको खतराको सूचीबाट हटेको छ । २ सय बढी कोरोना संक्रमितको एक्टिभ केस भेटिएका जिल्लालाई सरकारले कारोनाको खतरा सुचीमा राख्ने गरेका छ । जिल्लामा पाँच सय ३२ जना कोरोनामुक्त भएका छन् । अहिले एक सय ७० जना मात्र कोरोनको एक्टिभ केस भएको जिल्ला स्वास्थय कार्यालका कोरोना फोकल पर्सन कुमार थापाले जनाएको छ । नया निर्देशिका अनुसार संक्रमित भेटिएका ब्यक्तिहरूलाई १४ दिन आइसोलेसनमा राख्दा पनि कोरोनाको लक्षण नदेखिए बिना जाँच घर जाने नियम बनाईएको छ । त्यही नियमका आधारमा धमाधम संक्रमितहरूलाई घर पठाईएको छ । बिना जाँच संक्रमितलाई घर पठाउँदा समाजमा त्रास फैलिए पनि सरकारी निर्णय अनुसार संक्रमितलाई छाडिएको हो ।

सुस्तायो स्वाब संकलन

नया निर्देशिका जारी भए यता कपिलवस्तुमा परीक्षणको गति सुस्ताएको छ । सरकारले गत जेठ २४ गते नयाँ निर्देशिका जारी गरे यता पिसिआर, आरटिडी परीक्षण सुस्त गतिमा चलेको छ । संक्रमितहरूसंग संम्पर्कमा रहेको व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ कार्य समेत रोकिएको छ । पाँच सय बढी संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइतबारसम्म सात हजार ३६८ जनाको स्वाब संकलन गरिएकोमा चार सय २९ जनको मात्र रिपोर्ट आउन बाँकी छ । यस्तै १२ हजार ५० जनाको आरटिडी टेस्ट गरिएकोमा एक हजार चार सय जनाको रिपोर्ट पोजेटिभ आएको छ । अहिले क्वारेन्टिनमा ८ सय ४९ जना मात्र छन ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  ६ : ११ बजे