२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

थपिए ३२ जना, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुग्यो



काठमाण्डौ ।

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३२ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७२९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।गण्डकीका ८ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । स्याङ्जाका ७ जना, गोरखाका १ जना, नवलपरासी सुस्तापूर्वमा ३ जना, लमजुङका ५ जना, पर्वका १ जना, कास्कीका ५ जना, बाग्लुङका १ जना र तनहुँका १ जना थपिएका निर्देशनालयले जनाएको छ ।

उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।गण्डकी प्रदेशका कोरोना सङ्क्रमित ७२९ मध्ये ७० जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ । यसअघि हिजो १ सय ४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

प्रकाशित मिति : १० असार २०७७ बुधबार ००:००  ८ : ५८ बजे